दैलेखमा भरुवा बन्दुकसहित एक जना पक्राउ

दियो पोस्ट  

दैलेख । दैलेखमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको दुल्लु नगरपालिका–१३ सिम्लीमा एक नाले भरुवा बन्दुक १ थानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने ६३ वर्षीय पुर्ण बहादुर शाही रहेका छन् । शाहीको घरमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुल्लुबाट र अस्थायी प्रहरी पोष्ट बिनायकबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुकसहित उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस