सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

दियोपोस्ट संवाददाता

सल्यान । सल्यानमा टयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका–४ बल्लेस्थित सडकमा रा.१ त ३४८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ तलधरी बस्ने २७ वर्षीय राम बहादुर बुढाथोकी रहेका छन् । उक्त घटनामा टयाक्टर सडकबाट करिब १० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा चालकको घटनास्थिलमा नै मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस