काठमाडौं । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटारको ग्रिल पसलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक बलेफी–३ स्थाई घर भई हाल सोही ठाँउ बस्ने २३ वर्षीय सुजन श्रेष्ठ रहेका छन् । उक्त पसलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।