भरूवा बन्दुकसहित एक जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । डडेल्धुरामा अजयमेरु गाउँपालिका–६ भण्डारी गाउँमा एकनाले भरूवा बन्दुक १ थानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने ४२ वर्षीय वीर सिंह भण्डारी रहेका छन् । भण्डारीसँग ईजाजतपत्र नभएको उक्त बन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी देवलदिब्यपुरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त बन्दुकसहित शनिबार बिहान पक्राउ गरेको हो ।

यसैगरी सोलुखुम्बुको सोताङ गाउँपालिका–५ केल्चाकस्थित चुकसुदो सामुदायिक बनबाट लोड भएको भरूवा बन्दुक १ थान शनिबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सोताङबाट गस्तीमा खटिएको प्रहरी टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस