छुट्टाछुट्टै ठाँउबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी खोलाको बगरबाट अवैध लागूऔषध गाँजा ३ किलो २ सय ६० ग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बारा जितपुर सिमरा उपमहानगरपालिका–९ शान्ती टोल बस्ने १९ वर्षीय राहुल कुमार बैठासहित ३ जना रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त गाँजासहित शनिबार बिहान उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी बर्दियाको बाँसगढी नगरपालिका–७ चौधरीयापुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१२ लालपुर बस्ने ४८ वर्षीय नाबिर हुसेन सेख रहेका छन् । ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले गणेशपुरबाट लक्ष्मणातर्फ आउँदै गरेको भे.१० प ६९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित सेखलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

साथै कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडक घाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दोधारा चाँदनी नगरपालिका–५ बस्ने २१ वर्षीय मनिष भण्डारी, शुक्लाफाँटा नगरपालिका–८ बस्ने २१ वर्षीय प्रकाश बहादुर ऐर र सोही ठाउँ बस्ने ३५ वर्षीय दिपक ऐर रहेका छन् । प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०२००३ प ५१२४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरकै पुनर्वास नगरपालिका–५ स्थित निर्माणाधीन घरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–५ बस्ने २८ वर्षीय कृष्ण प्रसाद बडु र सोही नगरपालिका–४ बस्ने अशिम थापा रहेका छन् । अस्थाई प्रहरी पोष्ट आईबिआरडीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरूलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने २१ वर्षीय भुवन भट्ट रहेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित हंसराज तिवारीको ओम मोबाईल ग्यालरीबाट करिब १ लाख ५० हजार रूपैयाँ बराबरको मोबाइल चोरी भएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धानको क्रममा विभिन्न कम्पनीका मोबाइल ५ थान, नगद १० हजार रूपैयाँ र बैंक चेक ३ थान र उक्त पदार्थसहित शुक्रबार बिहान  उनलाई पक्राउ गरेको हो ।

यसैगरी कैलालीकै टिकापुर नगरपालिका–९ खैरीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–१ ब्लक नम्बर सि बस्ने २८ वर्षीय लक्ष्मण रावल रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

साथै रूपन्देहीको सैनामैना नगरपालिका–१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमासोही ठाउँ बस्ने १९ वर्षीय गौरव पुन मगर रहेका छन् । लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले उनलाई उनकै घरबाट उक्त पदार्थसहित शुक्रबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस