छुट्टाछुट्टै ठाँउमा लावारिस अवस्थामा ४ जनाको शव फेला

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा ४ जनाको शव फेला परेको छ । काठमाडौको महानगरपालिका–३२ कोटेश्‍वरस्थित कान्तिपुर गेष्ट हाउसमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–५ घर भएका ४१ वर्षीय यादव प्रसाद सापकोटा रहेका छन् । सोही गेष्ट हाउसको कोठा नम्बर ३०३ मा शनिबार मृत अवस्था उनको शव फेला परेको हो ।

यसैगरी रौतहटको कटहरिया नगरपालिका–४ हर्षाहास्थित लालबकैया खोलामा लावारिस अवस्थामा शनिबार एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा गजुरा नगरपालिका–४ बस्ने ७० वर्षीया रतन माया मगर रहेका छन् ।

साथै ईलामको ईलाम नगरपालिका–६ घोषमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ३८ वर्षीया सीता राई रहेकी छिन् । उनी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी हुन् ।

यसैगरी कैलालीको जानकी गाउँपालिका–२ कालिकापुरस्थित वुडिकुलोको नहरमा शुक्रबार लावारिस अवस्थामा एक जनाको फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेकी करिब २४ वर्षीया महिला रहेकी छिन् ।

सिफारिस