अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको सुन तथा डाईमन्डसहित एक जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको सुन तथा डाईमन्डसहित एक जना पक्राउ परेका छन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ७ सय ७० ग्राम सुन र डाईमन्ड सि‌ ५४ ग्राम ७५ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उनी नेपाली मुलकी अष्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्‍वकर्मा रहेकी छिन् ।

मलेसियन एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा उनले बोकेको झोलाभित्रबाट उक्त सुन तथा डाईमन्ड फेला पारी शनिबार दिउँसो पक्राउ परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

सम्बन्धित खबर

सिफारिस