५८ हजार नगदसहित जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

दियोपोस्ट संवाददाता

धादिङ । धादिङमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । जिल्लाको निलकण्ठ नगरपालिका–३ बसपार्क नजिक बस्ने डङक बहादुर ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा  सोही ठाँउ बस्ने डङक बहादुर ढकालसहित ७ जना रहेका छन् । ढकालको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीलले उनीहरूलाई नगद ५८ हजार ६ सय ७० रूपैयाँ र ३ बुक ताससहित शनिबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस