धनुषा । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरको कलधारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ३६ वर्षीया सनेचरी देवी यादव रहेकी छिन् । सोही ठाउँस्थित कलधारामा पानी खान कल समाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै शनिबार साँझ उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।