सुनसरीमा लावारिस अवस्थामा शव फेला

दियोपोस्ट संवाददाता

सुनसरी । सुनसरीमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । जिल्लाको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्रस्थित मृत अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेकी २५ वर्षीया महिला रहेकी छिन् । उनकाे साेहीस्थित कोशी नदीको किनारमा आइतबार लावारिस अवस्थामा शव फेला परेको हाे ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस