
कैलाली । कैलालीम करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१२ जुगेडा डाँडागाउँमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ४८ वर्षीया सावित्री जोशी रहकी छिन् । आफ्नै घरको पछाडि ग्याविन तारमा विद्युत सर्ट भई करेन्ट लाग्दा उनको आइतबार बिहान घट्नास्थलमै मृत्यु भएको हो । उक्त घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।