लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री यादव बैंकिङ कसुरमा पक्राउ

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् ।

गत माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई उनले १२ लाख २८ हजार रुपैयाँको चेक दिएका थिए ।

बैंक अफ काठमाडौंको उक्त चेक लिएर रकम निकाल्न जाँदा खातामा रकम नभएको पाइएपछि विजयबहादुर यादवविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो ।

बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले रुपन्देही जिल्ला अदालतले बैङ्किङ कसुर मुद्दामा यादवको नाममा पक्राउ पुर्जी जारी गरेअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेले यादवलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाइएको बताए ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।