
काठमाडौं । झापामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–१ बस्ने ५९ वर्षीय नरेश रसाईली रहेका छन् ।
रसाईलीले ती बालिकालाई बुवाआमा धान रोप्न खेतमा गएको अवस्थामा फकाई आफ्नै घरको कोठाभित्र लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार साँझ पक्राउ गरेको हो ।
यस घटना सम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।