कास्की । कास्कीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको रुपा गाँउपालिका –३ पोल्याङमा लमजुङ जाँदै गरेको ग १ ख ७६८६ नम्बरको बसले ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरासइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हनेमा सोही जिल्लाको मध्यनेपाल गाउँपालिका –६ भोर्लेटार बस्ने २३ वर्षीय विवेक विक रहेका छन् । दुर्घटनाबाट गम्भीर घाइते भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाँउ बस्ने २० वर्षीय दिपेन्द्र विक रहेका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्रीराम तिमिल्सिनाले जानकारी दिएका छन् ।
दुर्घटना सम्बन्धी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।