दाङमा १८ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

दाङ । दाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका–८ सौडी बस्ने २६ वर्षीय अनिल नेपाली रहेका छन् । नेपालीले ती बालिकालाई गत बिहीबार राति रोल्पाबाट ललाई फकाई ल्याई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस