
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँबस्तीमा जगत बहादुर गुरुङको कोठमा जुवातास खेलिरहको अवस्थामा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा हाल सोही ठाँउ बस्ने चितवनकाे भरतपुर महानगरपालिका–११ भोजाङ घर भएका ५० वर्षीय जगत बहादुर गुरुङसहित ५ जना रहेका छन् । गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३३ हजार ३ सय रुपैयाँ र ३ बुक ताससहित आइतबार साँझ पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।