ट्रक दुर्घटनामा एक जनाको मृत्यु

दियो पोस्ट  

पाँचथर । पाचँथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका–७ हेवाखोलास्थित सडकमा ना.२ ख ९२१५ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३८ वर्षीय लक्ष्मी तामाङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्रक चालक र ट्रकमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस