रास्वपाका उपसभापति अर्याललाई धम्की दिने एक जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पूर्वमन्त्रीसमेत रहेका अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट ३० वर्षीय विजय कालीकोटेलाई पक्राउ गरेको हो ।

१९ असार दिउँसो १ः२६ बजे मोवाइलमा म्यासेज पठाएर ज्यान मार्ने आशयको धम्की दिएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

कालिकोटेविरुद्ध अदालतबाट म्याद लिई अनुसन्धान गर्ने तयारी भइरहेको छ ।

सम्बन्धित खबर

सिफारिस