
काठमाडौं । काठमाडौंमा खैरो हिरोईन जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको चन्द्रागिरी नगरपालिका–२ स्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सुपौल भगवानपुर–११ बस्ने २१ वर्षीय रोशन कुमार पासवान रहेका छन् । प्रहरी प्रभाग नागढुंगा र लागू औषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले झापाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०२–००१ ख ५५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई लुकाई ल्याएको उक्त पदार्थसहित सोमबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।