झापामा १५ वर्षीया किशोरी बलात्कृृत, २ जना पक्राउ

दियोपोस्ट संवाददाता

झापा । झापामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका–६ बुट्टाबारी बस्ने १४/१४ वर्षीय २ जना किशोर रहेका छन् । सोही ठाउँस्थित चिया बगानमा बोलाई ती किशोरीलाई आइतबार राति दुवै जनाले पालै पालो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सोमबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस