छुट्टाछुट्टै ठाँउमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

दियो पोस्ट

काठमाडौं । विभिन्न ठाँउमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । धनुषाको कमला नगरपालिका–६ स्थित सडकमा ज.१ त ७८१४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खाल्टोमा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ नरहा बस्ने ४५ वर्षीय रोजित राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको आइतबार दिउँसो घटनास्थलमा नै मृुत्यु भएको हो ।

यसैगरी कास्कीको यु रुपा गाउँपालिका–३ पोल्याङ फेदीमा ग.१ ख ७६८६ नम्बरको बस र ग.१५ प ८४८३ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार लमजुङ मध्ये नेपाल नगरपालिका–६ भोर्लेटार बस्ने २३ वर्षीय बिबेक बिक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर