छुट्टाछुट्टै ठाँउमा लावारिस अवस्थामा २ जनाको शव फेला

दियो पोस्ट

काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा २ जनाको शव फेला परेको छ । ईलामको ईलाम नगरपालिका–७ मा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा माईजोगमाई गाउँपालिका–४ घर भई हाल सोही ठाँउमा डेरा गरी बस्ने ७३ वर्षीय रण बहादुर देवान रहेका छन् । उनी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी रामेछापको गोकुलगंगा गाउँपालिका–६ सिमलगोलमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ७१ वर्षीया कृष्णमाया खड्का रहेकी छिन् । उनी आफ्नै टहरामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर