ललितपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

दियो पोस्ट  

ललितपुर । ललितपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गोदावरी नगरपालिका–५ लेले सौर भञ्ज्याङ बस्ने २६ वर्षीय राजु सिङताङ रहेका छन् । मर्निङ वाल्क गर्न जाने क्रममा घर नजिकैको बाटोमा थ्री फेसको तार लत्रेको अवस्थामा टेक्न जाँदा करेन्ट लागेर उनको मंगलबार बिहान मृत्यु भएको हो ।
घटनाको बारेमा खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस