अवैध रूपमा भन्सार छलि ल्याएको १२ लाख बराबरको विभिन्न सामान बरामद

दियो पोस्ट  

सप्तरी । अवैध रुपमा भन्सार छलि ल्याएको विभिन्न सामान बरामद भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहा बजारस्थित राज कुमार साहको घरबाट अवैध रूपमा भारतबाट भन्सार छलि ल्याएको करिब १२ लाख ५७ हजार १ सय ५० रूपैयाँ बराबरका विभिन्न कपडा लगायतका सामान प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा उक्त रूपैयाँ बराबरको सामान फेला पारी सोमबार दिउँसो बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय तिलाठी सप्तरी पठाइएको छ ।