काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा ४ जनाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित न्यू भण्डारी खाजा घर नजिक सोमबार लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा बुढानिलकण्ठ नगरपालिका घर भई सोही महानगरपालिका–१६ बोहराटार बस्ने २८ वर्षीय सुविन थिङ्ग रहेका छन् ।
यसैगरी काठमाडौंकै काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित सानेपा जाने पुलको छेउमा सोमबार लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष रहेका छन् ।
साथै सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहिबिरपुरस्थित सप्तकोशी नदीको पुलमा सोमबार लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका पुरुष शव रहेको छ ।
यसैगरी सुनसरीको कोशी गाउँपालिका–८ स्थित हनुमान मन्दिर नजिक सडकमा मंगलबार लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष रहेका छन् । उनलाई सवारी साधनले ठक्कर दिएको आशंका गरिएको छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।