छुट्टाछुट्टै ठाँँउमा लावारिस अवस्थामा ६ जनाको शव फेला

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा ६ जनाको शव फेला परेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालमा आफ्नै घरको कोठामा मंगलबार लावारिस अवस्थामा एक जनाको शव फेला परेका छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ४२ केशब सुकुमनी रहेका छन् ।

यसैगरी कैलालीको जानकी गाउँपालिका–६ धर्मपुरमा आफ्नै घरको आँगनमा आइतबार लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ३५ वर्षीय पतिराम चौधरी रहेका छन् ।
साथै महोत्तरीको जलेश्वर नगरपालिका–३ खैराचोकस्थित चौरमा मंगलबार लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ साउजीपट्टी बस्ने ४० वर्षीय राम श्रेष्ठ मुखिया रहेका छन् ।

यसैगरी सिरहाको लहान नगरपालिका–१० गुदीगाउँस्थित राजदेवी मन्दिर जाने बाटो छेउमा मंगलबार लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा लहान नगरपालिका–१४ बस्तिपुर बस्ने उदयपुर नेपालचार गाउँपालिका–६ घर भएका ६८ वर्षीय गंग बहादुर नेपाली रहेका छन् ।

साथै बाजुराको बुढिनन्दा नगरपालिका–२ कोल्टिस्थित नगरपालिकामा लावारिस अवस्थाम एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही नगरपालिका–७ खड्काबाडा घर भई सोही नगरपालिकाको कृषि शाखा प्रमुखको रुपमा कार्यरत ५५ वर्षीय जयलाल दानी रहेका छन् । उनी आफ्नै कार्यालयको निवासमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ गोठदमार सल्लाघारीस्थित जंगलमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन, नखुलेका शव रहेको छ । उक्त शव सडीगलेको अवस्थामा मंगलबार फेला परेको हो।
सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस