५ लाख चन्दा नदिएपछि सुन पसलअगाडि शंकास्पद वस्तु भेटियो

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । आफूले मागेको पैसा नदिएपछि काठमाडौंको सिनामंगलमा सुन पसलको सटर बाहिर शंकास्पद वस्तु फेला परेको छ ।

६० वर्षीय मने विश्वकर्माले सञ्चालन गर्दै आएको खोटाङ हेलेसी ज्वेलर्सको सटरमुनि शङ्कास्पद वस्तु भेटिएको हो ।

उनले भने, ‘आज ९ पटक फोन गरेर ५ लाख मागेका थिए । ५ लाख नदिए बम राख्छु भनेर धम्की दिएका थिए । मैले पैसा दिन नमानेपछि यहाँ शङ्कास्पद वस्तु राखे । ’शंकास्पद वस्तु राख्ने व्यक्तिको नाम भने खुलेको छैन । शंकास्पद वस्तु राख्ने व्यक्तिको नाम भने खुलेको छैन ।

सटरमा संयोजक सफलको नाममा टाँसिएको पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । ’

अहिले त्यो क्षेत्र प्रहरीको नियन्त्रणमा छ । शङ्कास्पद वस्तु डिस्पोजलका लागि नेपाली सेनाको टोली त्यसतर्फ गएको छ ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।