
उदयपुर । उदयपुरमा ५५ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन । जिल्लाको पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–६ गडमे बस्ने ३५ वर्षीय जिवन कार्की रहेका छन् ।
कार्कीले ती महिलालाई आफ्नै घरभित्र सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ मंगलबार बिहान गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।