
काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । कैलालीको टिकापुर नगरपालिका–१ समितिपुरबाट अवैध लागूऔषध खैरो हेरोईन २ सय ५० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय नबिन थापा रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिंडिरहेका नबिनको शरीर तलासी गर्दा उक्त लागूऔषधसहित मंंगलबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी कैलालीकै जानकी गाउँपालिका–१ तोरैयापुरबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ९ सय २० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय ओमकार चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा अवैध लागूऔषध जस्तो देखिने पर्दाथ ८ सय ६० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने २४ वर्षीय अनिल भट्टराई रहेका छन् । उनको घरमा लागूऔषध बिक्रिबितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी मोरङकै बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–३ बस्ने २६ वर्षीय सगर सहनी रहेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सहनीलाई लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ पक्राउ गरेको हो ।
साथै मोरङकै पथरीशनिश्चरे नगरपोलिका–१० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १६ चक्कीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ आफ्न्तकोमा बस्ने उदयपुर चौदण्डी नगरपपालिका–३ घर भएका १९ वर्षीय बिबस मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पर्दाथसहित मंगलबार राति पक्राउ गरेको हो ।
यसैगरी झापाको बाह्दशी गाउँपालिका–६ मोतिगडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ५० मिलिग्राम, डिजिटल ताराजु १ थान र नगद ३ हजार ६ सय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४२ वर्षीय राम बहादुर तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले बा.२६ प ३६३८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा १ ग्राम २ सय ५० मिलिग्राम र उनको घर तलासी गर्दा १ ग्राम गरी उक्त परिमाणको पदार्थ, तराजु र नगदसहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी चितवनको राप्ती नगरपालिका–१ लोथरबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत झारखण्ड कोर्डमा बस्ने ३५ वर्षीय मनोज कुमार पासवानसहित २ जना रहेका छन् । अस्थायी प्रहरी पोस्ट लोथरबाट खटिएको प्रहरी टोलीले एमएच ४८ एवाइ ४७०९ नम्बरको गाडी जाँच गर्ने क्रममा उक्त गाडीमा सवार उनीहरूलाई उक्त गाँजासहित गए राति पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–१२ बाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ३ सय मिलिग्राम, नगद २ हजार ५ सय ५० रूपैयाँ, १ हजार भारतीय रुपैयाँ र लागूऔषध नाप्ने डिजिटल तराजु १ थानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने ३० वर्षीय अनिष राना रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।