धनकुटामा हातहतियारसहित एक जना पक्राउ

दियोपोस्ट संवाददाता

धनकुटा । धनकुटामा हातहतियारसहित एक जना पक्राउ परेका छन् । जिल्लाको चौबिसे गाउँपालिका–५ बज्रमाईमा एकनाले भरुवा बन्दुक १ थान, गोली १ थान र भरुवा बन्दुकमा लाग्ने बारुदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने ५० वर्षीय सोइतन विक रहेका छन् । रुखमा जामुन टिपिरहेका सोही ठाउँ बस्ने ३२ वर्षीय भिम बहादुर याख्खालाई बाँदर जस्तो ठानी भरुवा बन्दुक प्रहार गर्दा घाइते भएको भन्दै विक स्वयंले प्रहरीलाई खबर गरेका थिए । उक्त खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट मौनाबुधुकबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त हतियारसहित मंगलबार साँझ पक्राउ गरेको हो । घाइते याख्खालाई उपचारको लागि धरान घोपा अस्पताल लगिएको र अवस्थामा मध्यम रहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस