छुट्टाछुट्टै ठाँउमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । विभिन्न ठाँउमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका–९ स्थित साथी पेट्रोलपम नजिक सडकमा प्रदेश न.१–०२–००३ ह ५५७७ नम्बरको सिटीसफारीले प्रदेश न.१–०२–०४२ प २८ को स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईनरुवा नगरपालिका–७ बस्ने २४ वर्षीया सन्जु चौधरी रहेकी छिन् । दुर्घटनाबाट गम्भीर घाइते भएकी उनको धरान घोपामा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । सिटीसफारी चालकलाई प्रहरिले नियन्त्रणमा लिएको छ ।

यसैगरी मनाङको ङिस्याङ गाउँपालिका–१ तलेखुस्थित सडकमा ध.१ ज ६०५ नमबरको जीप सडकबाट करिब ६ मिटर तल खसेर दुर्घटना हुँदा जीपमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया गेरुवा गाउँपालिका–३ बस्ने २८ वर्षीय अबिषेक थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मनाङमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस