काठमाडौं । विभिन्न ठाँउमा डुबेर २ जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल हेटौडामा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।
यसैगरी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ माथिल्लो चिचिङ्गामा सिँचाइको लागि बनाएको पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ६२ वर्षीय केसरमान राई रहेका छन् । उक्त पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मंगलबार दिउँसो उनको मृत्यु भएको छ ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।