काठमाडौं । साँगामा यात्रुबाहक बस भिरबाट खस्दा ७ जना घाइते भएका छन् ।
काभ्रेको धुलिखेलबाट काठमाडौं जादै गरेको बा ३ ख ९३९६ नम्बरको यात्रुबाहक बस साँगा नजिकै झोलुङ्गे पुलमुनि खस्दा चालकसहित ७ जना घाइते भएकाे उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए ।
घाइतेमध्ये चारजनालाई मध्यपुर अस्पताल र तीनजनालाई युवामुरा अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी चौकी जगातीले जनाएको छ।