
काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुस्ताङ थसाङ गाउँपालिका–२ घर भई काठमाडौं जोरपाटी बस्ने ४६ वर्षीय सम्राट शेरचन रहेका छन् । सर्वोच्च अदालतको २०७२ भदौ १ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १४ वर्ष कैद सजाय ठहर भई फरार भएका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट मंगलबार पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पठाइएको छ ।