छुट्टाछुट्टै ठाँउबाट नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । विभिन्न ठाँउबाट नियन्त्रित लागूऔषसहित २ जना पक्राउ परेका छन् । सर्लाहीको बाग्मती नगरपालिका–१२ स्थितबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ७५ पिससहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट गुजरा नगरपालिका–९ सिमरा भवानीपुर बस्ने २२ वर्षीय आशिष शर्मा ठाकुर रहेका छन् । ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले ठाकुरलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषधसहित बुधबार बिहान पक्राउ गरेको हो ।

यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ बसपार्क आउट गेटबाट नियन्त्रित लागूऔषध नुर्फिन ४० एम्पुल, फेनारागन ३७ एम्पुल र डाईजेपाम २४ एम्पुलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–८ सिर्जना चोक बस्ने २३ वर्षीय बिश्वास गिरी रहेका छन् । प्रहरी बिट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित बुधबार बिहान पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस