कैलालीमा नालामा डुबेर एक जनाको मृत्यु

दियोपोस्ट संवाददाता

कैलाली । कैलालीमा नालामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौरीगंगा नगरपालिका–९ मसुरिया गाउँ बस्ने ७१ वर्षीया काली देवी डगौरा थारु रहेकी छिन् । उनको साही ठाँउस्थित सडक छेउमा पानी जमेको नालामा डुबेर बुधबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस