सुनसरी । बिलविजकमा उल्लेख भए भन्दा बढि सामान भएको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित शिबधारा इलाकाबाट गत मङ्गलबार सशस्त्र प्रहरीले करिब १२ लाख २२ हजार ३ सय तेह्र रुपैयाँ बराबरको मोटर पार्टस् सहित एउटा सुमो गाडी नियन्त्रणमा लिएको छ । धरानबाट धनकुटातर्फ जाँदै गरेको ना १ ज ६२९२ नम्बरको सुमो गाडीमा सुरक्षा बेश धरानबाट खटिएको टोलीले जाँच गर्ने क्रममा भिसीटिएस बिल नभएको र बिलबिजकमा उल्लेखित मुल्य भन्दा बढि सामान भएको हुँदा नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको गाडी र सामान आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाईएको छ ।