
धादिङ्ग । भन्सार छलि ल्याएको सामानसहित ३ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका ६ स्थित आदमघाट बजारबाट साउन बुधबार सशस्त्र प्रहरीले कस्मेटिक समान बोकेर ल्याएको ३ वटा ट्रक नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा विपद् व्यवस्थापन सुरक्षा बेश आदमघाट र राजश्व अनुसन्धान कार्यालय सुरक्षा बेश हरिहर भवनबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ५८०४, ना ५ ख ५८०५, ना ६ ख ८५८८ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा भन्सार छलि गरी ल्याउँदै गरेको ट्रक कस्मेटिक सामानसहित नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ट्रक तथा सामान आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरीहर भवन ललितपुरमा बुझाईएको छ ।