अवैध लागुऔषधसहित २ जना पक्राउ

दियोपोस्ट संवाददाता

नवलपरासी । अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । नवलपरासी (पुर्वी )को विनय त्रिवेणी नगरपालिका– ७ बाट अवैध लागूऔषध प्रोक्सीस्पास ५६ वटा र नाइट्रोभेट ट्याब्लेट ३ वटा सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ बस्ने ३८ बर्षिय प्रकाश दमाइ र २० बर्षिय तिर्थ हरिचन रहेका छन् । सोही नगरपालिका स्थित ब्यारेज पुल इलाकाबाट सशस्त्र प्रहरी बिओपी त्रिवेणीले बा ३४ प ६५३४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा उक्त पदार्थसहित गत मंगलबार पक्राउ गरेको हो । बरामद लागुऔषधसहित उनीहरुलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

सम्बन्धित खबर

सिफारिस