
रौतहट । अबैध रुपमा भन्सार छलि ल्याएको विभिन्न सामान बरामद भएको छ । रौतहट जिल्लाको माधबनारायण नगरपालिका-६ माधोपुर र बौधिमाई नगरपालिका-९ हनुमान चोकबाट १ लाख ७ हजार ४ सय ६० रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान बरामद भएको छ । भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको बिलबिजक नभएको उक्त सामान नम्बर ११ गण रौतहटले बुधबार बरामद गरेको हो ।
बरामद सामान गौर भन्सार कार्यालयमा बुझाईएको छ ।