छुुट्टाछुट्टै ठाँउमा अवैध लागूऔषसहित ६ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषसहित ६ जना पक्राउ परेका छन् । कैलालीको कैलारी गाउँपालिका–३ सुर्मिनलाबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय ३० मिलिग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–१४ सि गाउँ बस्ने २७ वर्षीय बिक्रम लामिछाने मगर, सोही ठाउँ बस्ने १८ वर्षीय र १७ वर्षीय दुई किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०१–०११ प ७८४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त ब्राउनसुगरसहित बुधबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी रूपन्देहीको सैनामैना नगरपालिका–४ कुस्माबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय ९० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १९ वर्षीय मनिस दर्लामी रहेका छन् । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त ब्राउनसुगरसहित बुधबार दिउँसो पक्राउ गरेको हो ।

साथै धादिङको गल्छी गाउँपालिका–६ महेसदोभानबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १० किलोसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका–७ किरानचोक बस्ने ५० वर्षीय भगवान पण्डितसहित २ जना रहेका छन् । प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरी टोलीले बा.प्र.०३–००१ ह ११४२ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित गएराति पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस