
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी स्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हाल सोही ठाँउ बस्ने ओखलढुङगा लिखु गाउँपालिका–१ घर भएका २५ वर्षीय सिर बहादुर कार्कीसहित १३ जना रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख रूपैयाँ र २ बुक ताससहित बुधबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।