छुट्टाछुट्टै ठाउँमा डुबेर ४ जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । विभिन्न ठाँउमा डुबेर ४ जनाको मृत्यु भएको हो । रूपन्देहीको कोटहीमाई गाउँपालिका–१ बोगदियामा एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ८० वर्षीय झब्बु मल्लाह रहेका छन् । सोही ठाँउस्थित घाटको नदीमा डुबेर उनकाे मृत्यु भएको हो ।

यसैगरी रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित चाँदी खोलामा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा निजगढ नगरपालिका–८ बस्ने राजु माझीको छोरा ८ वर्षीय रमन माझी रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको चपुरस्थित सरकारी अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।

साथै झापाको गौरीगंज गाउँपालिका–३ मा लेरा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही ठाँउ बस्ने पर्शुराम पराजुलीको छोरा १४ वर्षिय सागर पराजुली रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मेडिम्याकस अस्पताल गौरादह हुँदै दमक अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।

यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका–२ पथरघटामा एक जना बालिकाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने दिपेन्द्र चौधरीकी छोरी ७ वर्षीया पेनिशा चौधरी रहेकी छिन् । उक्त स्थानकाे पोखरीमा डुबेर बुधबार दिउँसो उनकाे मृत्यु हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस