
काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका–१० बाट अवैध लागूऔषध गाँजा ४ ग्राम ३ सय ४० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ईलाम माई नगरपालिका–८ महमाई बस्ने २६ वर्षीय अवम राई र ५९ वर्षीय छत्र बहादुर राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले को.२० प ६९६८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषधसहित बुधबार राति पक्राउ गरेको हो ।
मोरङको बिराटनगर महानगरपालिका–१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साही महानगरपालिका–१३ बस्ने ३१ वर्षीय नारायण खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३४ प ३७२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित बिहीबार दिउँसो पक्राउ गरेको हो ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।