दाङमा ७३ वर्षीया वृद्धा महिलामाथि सामूहिक बलात्कार, २ जना पक्राउ

दियो पोस्ट  

दाङ । दाङमा ७३ वर्षीया वृद्धा महिलालाई बस भित्र सामूहिक बलात्कार गरेको आरोपमा २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१५ बस्ने ३० वर्षीय पुष्कर रोका र सल्यानको कुमाख गाउँपालिका–७ बस्ने २० वर्षीय रेशम बिक रहेका छन् ।

बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार वृद्धामाथि बलात्कार भइरहेको सूचना पाएपछि सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

सिफारिस