
सप्तरी । पोखरीमा एक जना बालककाे डुबेर मृत्यु भएको छ । सप्तरीको महादेवा गाउँपालिका–५ दु्र्गापुर टोलको सार्वजनिक पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने महादेव साहको छोरा ३ वर्षीय अनिश कुमार साह रहेका छन् । पोखरीमा डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।