छुट्टाछुट्टौ ठाँउमा अवैध लागूऔषधसहित ८ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिम्री पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका–११ बेला बस्ने ३३ वर्षीय मान बहादुर राना रहेका छन् । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतको खजुरियाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–०११ प २२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित बिहीबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी रूपन्देहीको मायादेवी गाउँपालिका–२ कचकचाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५१ मिलिग्राम र नगद ५८ हजार ७ सय २ रुपैयाँसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका–१ बस्ने २४ वर्षीय राज कुमार दुसाध, ३० वर्षीय जगदिस कुर्मी, २७ वर्षीय राज कुमार कुर्मी, २३ वर्षीय गणेश चौधरी कुर्मी र २० वर्षीय कृष्ण कुर्मी रहेका छन् । ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित बिहीबार दिउँसो पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको लु.२१ प ४७८९, लु।.२४प २१२ र लु.२३ प ५८७० नम्बरका ३ मोटरसाइकल समेत बरामद गरेको छ ।

साथै काठमाडौं महानगरपालिका–१४ कलंकी सुनारगाउँ नजिक सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ६० ट्याब्लेटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सर्लाही लालबन्दी नगरपालिका–७ घर भएका १७ वर्षीय किशोर रहेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित बिहीबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–१४ गंगा बस्तीबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो ५ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने भारत देवरिया पिपराथाना घर भएका ७० वर्षीय सुरेश कोईरी रहेका छन् । ईलाका प्रहरी कार्यालय सिमरीबाट खटिएको प्रहरी टोलीले उनी बस्ने घरको तलासी गर्ने क्रममा उक्त लागूऔषधसहित बिहीबार दिउँसो पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस