काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो भएको टिप्पणी गरेकी छन् ।
केन्द्रीय समितिको चौथो दिनको बैठकमा पहिलो वक्ताका रुपमा बोल्दै उनले भनिन्, ‘राजनीतिक दस्तावेज भन्दा पनि एनजीओको ‘विसलिष्ट’ जस्तो लाग्यो । धेरै कार्यक्रम भए, यिनीहरुको उपलब्धी के हो त रु क्लियर भएन ।’
‘कांग्रेस भनेको यो देशमा एजेन्डा सेट गर्ने पार्टी हो । नेपालको अर्थतन्त्र कस्तो हुने, समाजलाई कता लैजाने, राजनीतिलाई कुन दिशातिर लैजाने भन्ने एजेन्डा सेटिङ गर्ने पार्टी हो । तर यसपटकको महामन्त्रीहरूको प्रतिवेदनमा देशलाई दरगामी असर राख्ने त्यस्तो एजेन्डा देखिएन,’ राणाले भनिन् ।
उनले थपिन्, ‘आफ्नै पार्टीलाई ओपनमा क्रिटिसाइज गर्न छाड्नुपर्यो । राजनीति कहिल्यै पनि सहज छैन । राजनीति गर्न असहज हुन्छ भने डराएर बस्नेले मैदान छाडेर जानुपर्यो । हाम्रो भोट हामी आफैँ काटिरहेका छौं । कसैले पनि हराउन सक्दैन ।’
साथै उनले देशको सरकार कसरी चलेको छ भनेर यसबारे समेत बहस गर्न जरुरी रहेको बताइन् ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।