हुम्लामा २५ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

हुम्ला । हुम्लामा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको ताजाकोट गाउँपालिका–२ बस्ने ३६ वर्षीय पुनिमल लुहार रहेका छन् ।
लुहारले ती महिलालाई सोही गाउँपालिका–१ जिउछास्थित भेडी गोठमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ताजाकोट छप्रेलाबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस