प्रतिबन्धित भारतीय रूपैयाँसहित एक जना पक्राउ

दियो पोस्ट  

पर्सा । प्रतिबन्धित भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पर्साको वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरको ३ सय ६४ थानमा रहेको १ लाख ८२ हजार भारतीय रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य बैशाली ग्राम दाउदनगर–२ बस्ने ३८ वर्षीय मन्जय राम रहेका छन् । प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई भारतीय रूपैयाँसहित बिहीबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस